post-slider post-slider

इटाली युरो कपको अन्तिम १६ मा

Image
A A

काठमाडौं- साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ।

इन्ज्युरी समयको अन्तिम समयमा बराबरी गोल गर्दै इटालीले युरो यात्रामा अन्तिम १६ को स्थान पक्का गरेको हो। 

एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसियाविरुद्ध १-१ को बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो।

क्रोएसियाले ५५औं मिनेटमा लुका मोड्रिचको गोलको मद्दतमा खेलमा अग्रता लिएको थियो। मोड्रिच गोल गर्नु केही समयअघि पेनाल्टीमा असफल रहेका थिए।

उनको पेनाल्टी इटालियन गोलरक्षक डोनारुमाले बचाएका थिए। अर्को मिनेटभित्र उनले नै गोल गर्दै क्रोएसियालाई दोस्रो चरण पुग्ने संघारमा पुर्‍याएका थिए।

तर, क्रोएसियाको सो प्रयासमा इटाली बाधक बन्यो। इन्ज्युरी समयको आठौं मिनेटमा रिकार्डो कालाफिओरीको पासमा बक्सको छेउबाट माटिया जाकाग्नीले उत्कृष्ट गोल गर्दै इटालीको अन्तिम १६ मा स्थान पक्का गरे।

खेलमा हार व्यहोरेको भए पनि इटाली समूह ‘बी’ मा तेस्रो हुँदै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै रहेको थियो। तर सो सम्भावना अनुरूप अन्य नतिजामा भर पर्नुपर्ने थियो। इटालीको ३ खेलमा ४ अंक रह्यो।

क्रोएसियाको भने ३ खेलमा २ अंक मात्र भएको छ। तेस्रो भएको क्रोएसियाको उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अर्को चरणमा पुग्ने सम्भावना न्यून रहेको छ।

अल्बानिया भने १ अंक सहित समूहको पुछारमा रह्यो। अन्तिम खेलमा अल्बानियामाथि १-० को जित निकाल्दै स्पेन शत-प्रतिशत नतिजासहित समूहको शीर्ष स्थानमा रह्यो।

Tags: