post-slider post-slider

विमानस्थलबाट दुई भारतीय सुनसहित पक्राउ

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २६ वर्षीय मिहिर सञ्जयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन्।

हिमालयन एयरको उडानमार्फत दुबईबाट काठमाडौं आएका उनीहरूको साथबाट ३२० ग्राम सुन बरामद भएको छ।

विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट सुन बरामद गरिएको जनाइएको छ।

थप अनुसन्धान र कारबाहीका लागि उनीहरूलाई त्रिुभवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

 

Tags: