post-slider post-slider

सम्पत्ति शुद्धीकरण मुद्दामा राईलाई १ वर्ष सजाय

Image
A A

काठमाडौं- वित्तीय अपराधको अभियोगमा समीर राईलाई एक वर्ष जेल सजाय भएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले राईलाई एक वर्ष जेल सजाय तोकेको हो।

साथै वैध स्रोत नखुलेको ९० लाख ५८ हजार २४३ रुपैयाँ जफत हुने फैसलामा उल्लेख छ।

यही मुद्दामा प्रतिवादी अम्बिका राईलाई भने विशेषले सफाइ दिएको छ।

सम्पत्ति शुद्धीकरण विभागले राईविरुद्ध २०७७ असोज ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

चोरीको कसुर गरी दुबईमा प्राप्त गरेको ९८ लाख ५८ हजार ९४३ रुपैयाँ वायर ट्रान्सफरका माध्यमबाट राईले नेपाल भित्र्याएको अभियोग लगाउँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेको थियो।

दुबईमा मनी ट्रान्सपोर्टरका रुपमा काम गर्ने राईले कम्पनीमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरी रकम लिइ नेपाल आएका थिए।

उनले नेपाल बैंक ललितपुरको खातामा जम्मा गरेको धरौटी आम्दानी ९० लाख ५८ हजार २४३ रुपैयाँ जफत हुन विभागले मागदाबी गरेको थियो।

 

 

Tags: