.png)

बालेनको कविता : सत्यको कुनै एउटा पहिचान हुँदैन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन्।
सामाजिक सञ्जालमा बालेनले कविता लेख्दै पछिल्लो समय आफूले गर्दै आएका काम र निर्णयमा अदालतले आफ्नो पक्षमा फैसला दिएकोप्रति लक्षित रहेको बुझ्न सकिन्छ।
बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वौच्च अदालतले बाटो खोलाइदिएपछि उनका लागि सहज भएको छ।
पाटन उच्च अदालतले न्यूरोडको फुटपाथ बढाउने कामलाई नरोक्न आदेश दिएपछि फुटपाथ विस्तारको काम पुन: सुरू भएको छ।
बालेनको कविता यिनै घटनाप्रति लक्षित रहेको बुझ्न सकिन्छ।
बालेनको कविता :
सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझै सितल, फूलझैं कोमल,
सून न पित्तल, किसानझैं फोहोर,
आकाशझैं विशाल ,
स्पर्शझैं सुक्ष्म,
सगरमाथाझैं हिमाल,
थोपाझैं पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन।