post-slider post-slider

पूर्वसचिव गजेन्द्र ठाकुरलाई आठ वर्षको कैद फैसला

Image
A A

काठमाडौं- मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ।

विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय सुनाएको हो।

सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २५ गते अदालतले पूर्वसचिव ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो।

विशेष अदालतले सोमबार सजाय निर्धारण गर्दै जनही ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवानाको फैसला सुनाएको हो। सोही मुद्दामा पूर्वसचिव भीम उपाध्यायसहित ११ जनाले सफाइसमेत पाएका थिए।

Tags: