post-slider post-slider

देउवाले सांसदहरूलाई भने – अनुशासनमा बसेर आलोचना गर्नुस्

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आलोचना गर्दा अनुशासनको सीमा नबिर्सन सांसदहरूलाई निर्देशन दिएका छन्।

पार्टी संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेतासमेत रहेका देउवाले यस्तो निर्देशन दिएका हुन्।

सांसदहरूलाई आफ्नो आलोचना गर्ने छुट रहेको बताएका उनले सीमा बिर्सन नहुने बताए।

उनले जनताका मुद्दा र राष्ट्रिय मुद्दामा कसैले बोल्न नरोक्ने प्रष्ट पारे।

तर, त्यसो गर्दा सांसदहरू अनुशासनभित्र बस्नुपर्ने उनको भनाइ थियो।

‘राष्ट्रिय मुद्दा, जनताका सवालमा बोल्नुस्, आलोचना गर्नुस्। तर, अनुशासनमा बसेर बोल्नुपर्छ। आफूले पाएको स्वतन्त्रताको दुरूपयोग नगर्नुस्,’ देउवाको भनाइ उद्धृत गर्दै एक सांसदले भने।

 

Tags: