post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

Image
A A

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरीको बर्दिवास पुगेका छन्।

पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड बर्दिवास पुगेका हुन्।

बर्दिवास–४ माइस्थानमा पार्टीको तीनमहिने रूपान्तरण अभियानको मधेस प्रदेस समीक्षा बैठकमा सहभागी हुने कार्यक्रम रहेको माओवादी केन्द्रका मधेस प्रदेस इञ्चार्ज लिलामणि पोखरेलले जानकारी दिए।

उनले बैठकमा मधेस प्रदेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज र रूपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानबारे समीक्षा भइरहेको बताए।

प्रदेसको आठवटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष प्रचण्डले थप निर्देशन दिनेछन्।

अध्यक्ष प्रचण्डको आजै दिउँसो जिल्लाको गौशाला–५ स्थित बहुद्देश्यीय भवनामा सञ्चालन हुने पार्टीको प्रदेसस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रमसमेत रहेको छ।

प्रशिक्षण कार्यक्रममा प्रदेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेस समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र जिल्ला अध्यक्षलगायतका नेता सहभागी हुनेछन्।

कार्यक्रम सकिएपछि प्रचण्डको आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

 

Tags: