post-slider post-slider

जसपाको विधान अधिवेशन आजदेखि सुरू हुँदै

Image
A A

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ।

तीन दिनसम्म चल्ने अधिवेशनको दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठान काठमाडौंमा उदघाटन हुन लागेको हो।

अधिवेशनको पहिलो दिन विधान मस्यौदा प्रस्तुत हुने बताइएको छ।

त्यस्तै सोमबार विभिन्न समूह बनाएर विधान मस्यौदामाथि छलफल हुने र मंगलबार विधानमाथि नेताहरूले धारणा राखेर पारित गर्ने तयारी छ।

विधान अधिवेशनमा केन्द्रीय समितिका ४१० सदस्यका साथै प्रदेस, जिल्ला समिति र भातृ संगठनलगायतबाट करिब ८ सय प्रतिनिधि सहभागी हुने जसपाले जनाएको छ।

यसअघि हिजो बसेको केन्द्रीय समिति बैठकले विधानको अन्तिम मस्यौदा अनुमोदन गरेको थियो।

 

Tags: