post-slider post-slider

सुदूरपश्चिममा गठबन्धनका तीनै जना निर्वाचित

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट सत्ता गठबन्धनका तीनै उम्मेदवार निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका तीन जना उम्मेदवार निर्वाचित भएका हुन्।

अपाङ्गतातर्फ नेपाली कांग्रेसका नारायणदत्त भट्ट, अन्यतर्फ पनि कांग्रेसकै बलदेव बोहरा र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द विजयी भएका छन्।

भट्टले ४ हजार ४१९, बोहराले ४ हजार ३४७ र चन्दले ४ हजार ४५३ मतभार पाएका छन्।

 

Tags: