post-slider post-slider

नेपाल बहराइनसँग ५-० गोलले पराजित

Image
A A

काठमाडौं- नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ। विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो।

बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो। 

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनोटको समूह एच मा लगातार तेस्रो हार व्यहोरेको छ। नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार व्यहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार व्यहोरेको थियो।

त्यस्तै, बहराइनले आफ्नो तेस्रो खेलमा दोस्रो जित हासिल गर्दै ६ अंक हासिल गरेको छ। यसअघि बहराइन युएईसँग २-० ले हारेको थियो भने यमनलाई २-० ले नै जितेको थियो। 

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ।  

दशरथ रंगशाला खेल लायक नभएपछि नेपालले होम एण्ड अवे दुबै खेल बहराइनमै खेल्दैछ।

Tags: