post-slider post-slider

उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

Image
A A

काठमाडौं- उरुग्वेका सुपरस्टार फुटबलर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३७ वर्षीय स्वारेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन्।

स्वारेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पराग्वेविरुद्धको खेल नै अन्तिम हुने बताएका छन्।

स्वारेज अहिलेसम्म उरुग्वेका लागि सर्वाधिक गोलकर्तासमेत हुन्। उनले उरुग्वेका लागि अहिलेसम्म १४२ खेल खेल्दै ६९ गोल गरेका छन्।

स्वरेजले १९ वर्षको उमेरमा २००७ मा उरुग्वेका लागि डेभ्यु गरेका थिए। उनले २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप समेत खेलेका थिए।

हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका स्वरेजले क्लब फुटबललाई भने केही वर्ष निरन्तरता दिने छन्।
 

Tags: