post-slider post-slider

मधेसमा पनि सिंगै देशको जस्तै भाषिक र सांस्कृतिक विविधिता छ : राष्ट्रपति

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मधेसमा पनि सिंगो देशको जस्तो भाषिक र सांस्कृतिक विविधता रहेको बताएका छन्।

शुक्रबार मधेसी आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मधेसी समुदाय नेपालको तराई क्षेत्रमा युगौंदेखि बसोवास गर्दै आएको बताए।

उनले मधेसी समुदायको भाषा, संस्कृति, भेषभुषा, परम्परा, सभ्यता र संस्कार सिंगै देशको जस्तै विविधतापूर्ण रहेको स्पष्ट पारे।

पौडेलले भने,‘नेपाल बुहभाषिक र बहुसांस्कृतिक मुलुक हो। मधेसमा पनि भाषा, संस्कृति, भेषभुषा, परम्परा, सभ्यता र संस्कारमा सिंगै देशको जस्तै विविधता छ।’

राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान तथा अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताए।

उनले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण तथा विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति रहेको बताए।

प्रतिवेदन बुझाउँदै मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले आयोगले मधेस र मधेसीको परिभाषा तय गरेको बताउँदै मधेसी समुदायको जात र थरका पनि सूचीकरण गरिएको जानकारी दिए।

 

 

Tags: