post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जाँदै

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल आज शुक्रबार भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने भएका छन्। उनले बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका छन्।

प्रधानमन्त्री दाहालले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिइसकेका छन्। 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रूपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिएका हुन्। 

तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिँदै प्रधानमन्त्री दाहालले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताए। 

मंगलबार दिउँसो ३:०६ बजे को समयमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी एक महिलाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। त्यस्तै भौतिकरूपमा ठूलो क्षति भएको छ।

Tags: