post-slider post-slider

‘जानकी भारतीय बेटी हुन्’ ‘आदिपुरुष’ को वाक्यांश नसच्चिए हिन्दी फिल्म चल्न नदिने बालेनको चेतावनी

Image
A A

काठमाडौंं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा उल्लिखित ‘जानकी भारतीय बेटी’ हुन् भन्ने संवाद नहटाइए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने बताएका ’छन्।

मेयर साहले नेपालमा मात्रै नभएर भारतमा पनि यो वाक्यांश नसच्चिए महानगरमा फिल्म चल्न नदिने बताएका हुन्।

उनले यो सच्याउन तीन दिनको समय दिएका छन्।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्रै नभएर भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो सच्याउन तीन दिनको समय दिइएको छ। माता सीताको जय होस्।’

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाल सेन्सर बोर्डले पनि फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ।

यो संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ।

 

Tags: