post-slider post-slider

सर्वोच्च अदालतले बदर गर्‍यो माओवादी सरकारको ‘जनयुद्ध दिवस’ बिदा

Image
A A

काठमाडौं - सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। 

मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारले गत वर्ष माघ २९ गते २०८० फागुन १ गतेबाट ‘जनयुद्ध दिवस’ बिदा दिने निर्णय गरेको थियो।

अदालतको पुस १३ गतेको फैसला अनुसार उक्त बिदा बदर गरिएको सूचनामा उल्लेख छ।

सरकारको निर्णय बमोजिम उक्त बिदाबारे गत वर्ष २०७९ चैत २ गते राजपत्रमा प्रकाशितसमेत गरिएको थियो।

माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र युद्धको थालनी गरेको थियो। उक्त युद्ध २०६३ मंसिरमा शान्ति सम्झौतामा रुपान्तरण भएको थियो। 

 

Tags: