post-slider post-slider

वीरगन्जमा लाग्यो कर्फ्यू

Image
A A

काठमाडौं, फागुन ७ - स्थानीय प्रशासनले वीरगन्जमा कर्फ्यू आदेश जारी गरेको छ।

सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी प्रशासनले वीरगन्ज क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेका हुन्।

सोमबार विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति आएपछि शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको उनले भुसालले बताए।

फागुन ३ गते रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुर क्षेत्रमा दुई पक्षबीच विवाद र झडप भएको थियो। त्यही विषयलाई लिएर वीरगन्जमा सोमबार जुलुस निकालिएको थियो।

कर्फ्यू पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुलसम्म लगाइएको छ।

Tags: