post-slider post-slider

मंगलबारको मन्त्रिपरिषद बैठकका यस्ता छन् निर्णय

Image
A A

काठमाडौं- सरकारले भारतको गुजरातमा हुने लागेको विश्वका विकसित र विकासशील मुलुकको समूह जी२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ।

असार २६ गते भएको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। बैंठकले समानीकरण अनुदानतर्फ स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रकम हस्तान्तरण गर्ने निर्णय गरेको उनको भनाइ छ।

आर्थिक वर्ष २०७९/०८० मा वित्तीय समानीकरण अनुदानतर्फ विनियोजित रकममध्ये स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रहेको रकम १२ अर्ब ७३ करोड ६ लाखको ४० प्रतिशतका दरले हुने पाँच अर्ब नौ करोड २२ लाख रकम स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको छ।

बैठकले परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको प्रतिनिधि मण्डललाई थाइल्याण्डमा आयोजना हुने बिमस्टेक परराष्ट्र मन्त्रीको रिट्रिटमा भाग लिनका लागि स्वीकृत दिने निर्णय गरेको छ।

Tags: