post-slider post-slider

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

Image
A A

काठमाडौं- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 

शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

शिक्षक र विद्यालयका कर्मचारीको मूलभूत मुद्दालाई सम्बोधन नगरीकन संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरिएको महासंघले जनाएको छ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले सरकारकै कारण आफूहरू आन्दोलित बन्नु पर्ने अवस्था सिर्जना भएको बताएका छन्। उनले पहिलो चरणमा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरिएको बताए।

तुलाधरले शिक्षककलाई पञ्चायतकाल भन्दा पनि अंकुश लगाउने गरी  ऐन प्रस्तुत भएको बताए। उनले ऐनमा संघ सरकारले शिक्षकको तलव भत्ता सुनिश्चित गरे पनि दरबन्दी मिलानका क्रममा पालीकालाई अधिकार दिइएको भन्दै आपत्ति जनाए। 

तुलाधरले एउटा पालीकाले अर्को पालिकामा सोझै सरुवा गर्ने प्रावधानहरु ऐनमा उल्लेख भएको भन्दै यो विषय संशोधन हुनुपर्ने बताए। उनले पुरानै प्रणाली अनुसार पेन्सन पाउनुपर्ने बताए।

अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षकको स्थायित्वको सवालमा शिक्षा ऐन नबोलेको शिक्षकहरुको आरोप छ।

Tags: