post-slider post-slider

श्रीमान जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाउने वडा सचिवविरूद्ध मुद्दा

Image
A A

काठमाडौं- जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर एकल महिलालाई भत्ता दिने कार्यमा संलग्न दुइ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापस्थित मन्थली नगरपालिका–३ का तत्कालनि वडा सचिव शिवकुमार महतो र जीवित श्रीमानकी पत्नी निर्मला खत्रीविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

महतोले निर्मलाको श्रीमानको मृत्यु भए÷नभएको आधिकारिकता नबुझी एकल महिलाको भत्ता वितरण गरेको अख्तियारले अभियोग लगाएको छ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार महतोले मिलेमतोमा खत्रीको जीवित श्रीमानको मृत्यु भएको भनी बदनीयतपूर्वक एकल महिलाको सामाजिक सुरक्षा भत्ताको परिचयपत्र बनाएको आरोप लागेको छ।

तत्कालीन वडा सचिव महताले गलत लिखत तयार पारी नेपाल सरकारलाई ४५ हजार २२० रूपैयाँ हानिनोक्सानी पु¥याएको आरोपमा बिगो असुलउपर हुन मागदाबी लिइ भ्रष्टाचार मुद्दा दायर भएको प्रवक्ता दाहालले बताए।

 

Tags: