post-slider post-slider

रवि लामिछानेलाई बोल्न दिने, चित्त नबुझे अवरोध जारी राख्ने विपक्षी दलको निर्णय

Image
A A

काठमाडौं - नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन्। 

सहकारी ठगीमा मुछिएका लामिछानेविरूद्ध संसदीय समिति गठनको माग गरिरहेका विपक्षी दलहरूले आइतबार उनलाई प्रतिनिधिसभामा बोल्न दिने भएका हुन्। 

लामिछानेमाथि माग गरिएको संसदीय समितिको कार्यादेशबारे निर्णय हुन बाँकी छ। त्यसअघि बसेको विपक्षी दलहरूको बैठकले लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो।

लामिछानेले संसदमा बोल्न पाउनुपर्ने माग गरिरहेका थिए। तर, बोल्न दिइए पनि त्यसअनुसार चित्त बुझे कार्यसूचीमा अघि बढ्ने नभए सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिन गाह्रो पर्ने कांग्रेसका एक नेताले बताए। 

संसद बैठकमा विपक्षी दलहरू साझा रुपमा प्रस्तुत हुने विषयमा बैठकमा छलफल भएको थियो। 

बैठकमा कांग्रेससहित राप्रपा, जसपा नेपाल, लोसपाका नेताहरू थिए।

Tags: