post-slider post-slider

आज कांग्रेस संसदीय दलको बैठक बस्ने

Image
A A

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से बैठक कक्षमा बस्न लागेको उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर गरेको संसद अवरोधदेखि हिजो मात्रै पक्राउ परेका पार्टीका सांसद सुनील शर्मालगायत समसमायिक राजनीतिक विषयमा छलफल गरिनेछ। 

त्यस्तै बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँडका सम्बन्धमा पनि छलफल हुने बताइएको छ। 

Tags: