post-slider post-slider

तत्काल सरकार परिवर्तनको सम्भावना छैन : गगन थापा

Image
A A

बिराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने स्पष्ट पारेका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सरकारले जनताप्रति दत्तचित्त भई काम गरिरहेको बताए। 

संसदीय दलमा आवाश्यक संख्या पुग्ने बितिक्कै नेतृत्व परिवर्तन हुनेसमेत जनाएका महामन्त्री थापाले आफू उपयुक्त समय कुरिरहेको बताए।

यसैगरी, नेपाली कांग्रेसको नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुका बीचमा गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने तथा नयाँ तरिकाले अघि बढने उनले जानकारी दिएका छन्।

कोशी सरकार निर्माणको बिषयमा भएको बिबाद बारे कुनै प्रतिक्रिया नदिएका महामन्त्री थापाले सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने भने जनाएका छन्। 

केन्द्रीय समितिको बैठक स्थगित भएको र सो बैठक सुरु हुने बितिक्कै पार्टीको भावी कार्यदिशा र कार्ययोजनामा थप गहन छलफल हुने उनको भनाई छ। 

Tags: