post-slider post-slider

निर्मल निवासमा पूर्वराजा-रानीले सर्वसाधारणलाई टिका लगाइदिने

Image
A A

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी २०८१ मा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन्।

विजयादशमीको दिन आफ्नो निवास निर्मल निवासमा शाहले सर्वसाधारणलाई टिका लगाइदिने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ।

शाहले विजयादशमीको दिन अपराह्न ४ बजे निर्मल निवासमा सर्वसाधारणलाई टिका लगाइदिने सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै जनाएको हो।

शाहका साथै पूर्वरानी कोमल पनि टिकाको कार्यक्रममा सहभागी हुने संवाद सचिव डा फणिराज पाठकले बताए।

नेपालमा गणतन्त्र आउनुअघि राजारानीले नारायणहिटी दरबारमा सर्वसाधारणलाई टिका लगाइदिने गरेका थिए। गणतन्त्र आएपछि शाहले उक्त परम्परालाई निरन्तरता दिन आफ्नो निजी निवासमा सर्वसाधारणलाई टिका लगाइदिने गरेका छन्।

राष्ट्रपति तथा प्रधानमन्त्रीले समेत सर्वसाधारणलाई टिका लगाइदिँदै आएका छन्। तर, उनीहरूको कार्यक्रम तालिका आइसकेको छैन।

Tags: