post-slider post-slider

‘विश्वविद्यालयमा राजनीतिक भागबन्डा गर्नुहुँदैन भन्छौं, अनि आफैंले खोज्छौं’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई राजनीतिक भागबन्डा र दाउपेचबाट अलग राख्नुपर्ने बताएका छन्।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रचण्डले विश्वविद्यालयहरू राजनीतिक भागबन्डाबाट टाढा स्वायत्त प्राज्ञिक निकाय हुनुपर्ने बताएका हुन्।

उनले राजनीतिक दलहरूले नै विश्वविद्यालयमा भागबन्डा खोज्नु बिडम्बना भएको बताए।

‘हामी एकातर्फ विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनुहुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकाय हुनुपर्दछ भनिरहेका छौं, अर्कोतिर हामी आफैं राजनीतिक भागबन्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौं। यस्ता चुनौती र प्रश्नहरूबारे हामीले गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको छ,’ उनले भने।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूको वर्तमान अवस्थामा रूपान्तरण गर्न सरकार र राजनीतिक नेतृत्वको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

उनले प्राज्ञिक संस्थाहरूलाई आवश्यक साधनस्रोत र पर्याप्त प्राज्ञिक जनशक्तिको व्यवस्थामा राज्यले पनि आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिए।

त्रिविले प्राविधिक शिक्षालाई जोड दिँदै उच्चस्तरीय जनशक्ति उत्पादन गरी देश विकासमा अग्रणी भूमिका खेलेको बताउँदै उनले अगामी दिनमा पनि प्राविधिक शिक्षाको भूमिका बढाउँदै लैजाने विश्वास व्यक्त गरे।

 

Tags: