post-slider post-slider

गगनलाई मिनेन्द्रको सुझाव – संसदीय दलको नेतातिर मन नडुलाउनुस्

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेतातिर मन नडुलाउन सुझाव दिएका छन्।

आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै रिजालले महामन्त्री थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्ने सुझाव दिएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना पार्टी राम्रो बनाउने भन्ने रहे पनि केही विषयमा कुरा नमिलेको उनले बताए।

‘महामन्त्री थापालाई सुझाव। सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम् मयति गरौं कि २०८४ पछि मज्जैले अगाडि लैजान सकौं,’ रिजालले भने,‘कहाँनेर इन्ट्रेस्ट मिलेन भने, खोज्दै जाँदा संसदीय दलको कुरा छ नि। त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो।’

नेता रिजालले सभापतिले ‘हाती सबैले छाम्न पाउन्’ भनेर केन्द्रीय समिति बैठक लाइभ गरेको हुनसक्ने बताए।

यसपटक बैठकको प्रत्यक्ष प्रसारण भए पनि सँधै हुन नसक्ने उनको भनाइ छ।

‘हात्ती राम्रै छ, सबैले छाम्न पाउन् देख्न पाउन् भनेर यो बैठक लाइभ भएको होला। एउटा समयपछि यसको उपादेयता पनि कम हुन्छ भन्ने मलाई लाग्छ,’ रिजालले भने।

 

Tags: