post-slider post-slider

अमरेशको प्रश्न – प्रधानमन्त्रीकी छोरीलाई राज्यको शीर्ष बैठकमा बस्ने अधिकार कसले दियो?

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहाल राज्यको शीर्ष तहका बैठकमा सहभागी हुने गरेको विषय संसदमा उठेको छ।

प्रधानमन्त्री प्रचण्डकी छोरी गंगालाई राज्यको शीर्ष तहको बैठकमा सहभागी हुने अधिकार कसले दिएको भन्दै सांसद अमरेशकुमार सिंहले प्रश्न उठाएका हुन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर सांसद सिंहले प्रधानमन्त्रीकी छोरी र पूर्वप्रधानमन्त्रीको श्रीमती कुनै हैसियतमा राज्यको उच्च तहका बैठकमा सहभागी भइरहेका हुन् भनेर प्रश्न गरे।

उनले प्रधानमन्त्रीले छोरीलाई राज्यका हरेक शीर्ष बैठकमा सहभागी गराएर गणतन्त्र नै खतरामा पारेको आरोप लगाए।

‘जनताको तन्त्र हो गणतन्त्र। तर नेताको शासन कसरी भयो? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने? म प्रश्न गर्न चाहन्छु, हामीले कस्तो व्यवस्था गरेका छौं? कुनै पूर्वप्रधानमन्त्रीकी श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन्?,’ सिंहले भने।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा छोरी गंगालाई ‘फस्र्ट लेडी’ बनाएर लगेको भन्दै प्रश्न उठेको थियो।

 

Tags: