post-slider post-slider

इजरायल–हमास युद्ध : ३१ पत्रकार मारिए

Image
A A

काठमाडौं- इजरायल र हमासबीच जारी संघर्षमा ३१ पत्रकार मारिएका छन्।

पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले इजरायल–हमासबीच जारी युद्धमा ३१ पत्रकार मारिएको पुष्टि गरेको द टाइम्स अफ इजरायलले बताएको छ।

मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी रहेका छन्।

यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने ९ जना हराएका वा पक्राउ परेका छन्।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे) को प्रतिवेदन उद्धृत गर्दै टाइम्स अफ इजराइलले पत्रकारहरूले लगातार हमला, पक्राउ, धम्की, सेन्सरसिफ र  परिवारका सदस्यको हत्याको सामना गर्नुपररहेको बताएको छ।

७ अक्टोबरमा हमासले आक्रमण गर्दा ४ पत्रकार इजरायलमा र २६ पत्रकार गाजामा मारिएको बताइएको छ।

हिज्बुल्लाहलाई लक्षित गरी गरिएको इजरायली गोलाबारीमा लेबनानमा एक पत्रकारको मृत्यु भएको छ।

 

Tags: