post-slider post-slider

गाजा सीमा खोल्ने सम्झौता

Image
A A

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त गाजामा अत्यन्त जरूरी मानवीय साहयता पु¥याउन अनुमति दिने एक सम्झौता सुरू गरेका छन्।

गाजाबाट इजरायली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन्।

इजरायलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको राफाह पार गर्न शुक्रबारदेखि सीमित संख्यामा ट्रकहरूलाई अनुमति दिइने बताइडेनले बताए।

अक्टोबर ७ यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ।

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमसाले इजरायलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित १ हजार ४ सयको मृत्यु भएको छ भने हमासले करिब दुई सयलाई बन्धक बनाएको छ।

त्यसयता इजरायलले प्यालेस्तिनी क्षेत्रलाई घेरा हालेको छ र हवाइ हमला सुरू गरेको छ।

साथै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी लगाएको छ र अपेक्षित जमिन आक्रमणको तयारीका लागि दशौं हजार सेनालाई सीमानामा परिचालन गरेको छ।

संयुक्त राष्ट्रसंघ र मानवतावादी समूहहरूले गाजामा सैन्य पकडलाई कमगर्न पानी, खाद्यान्न, इन्धन र औषधि आपूर्तिको अनुमति दिन आग्रह गरेका छन्।

राष्ट्रसंघीय मानवअधिकारवादी शीर्ष अधिकारी मार्टिन ग्रिफिथ्सले गाजामा स्थिति गम्भीर भएको भन्दै घाइतेलाई अस्पताल भरिएको, तीन हजार गाजाबासी मारिएको र १२ हजार ५ सय घाइते भएको बताएका छन्।

विनाशका बाबजुद गाजामा प्रवेशका लागि इजिप्टतिरको सीमा क्षेत्रमा एक सयभन्दा बढी ट्रक लाइन लागेका छन्।

इजरायलले सहायता सामग्री पु¥याउने निहुँमा हतियार हमासको हातमा पुग्ने सक्ने चिन्ता व्यक्त गरेको छ।

दशकौंदेखिको संघर्षको यो चरण सुरू भएपछि इजरायलले सीमापार क्षेत्रमा कैयौं हवाइ हमला गरिसकेको छ।

सीमामा नियन्त्रण गरेको इजिप्टलाई प्रवेशद्वार खोल्दा दशौं हजार शरणार्थी आफ्नो भूमिमा आउने चिन्ता छ।

अमेरिकी राष्ट्रपति बाइडेनले सुरूमा करिब २० वटा ट्रक गाजामा प्रवेश गर्ने र सबै पक्षबीच सहमति भए अरू ट्रक पठाइने बताएका छन्।

 

Tags: