post-slider post-slider

अन्डर–१९ प्रिमियर कप : साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

Image
A A

काठमाडौं- मलेसियामा जारी अन्डर–१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरबलाई १९.१ ओभरमा ४६ रनमा अलआउट गरेर नेपालले फराकिलो जित हासिल गरेको हो।

यो जितसँगै नेपाल समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपाललाई जित दिलाउन बलिङतर्फ दिपेश कँडेलले ६ विकेट लिए। त्यस्तै आकाश चन्दले २ र सुवास भण्डारीले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको योगफल बनाएको थियो।

नेपालका लागि अर्जुन कुमालले १४२ रन बनाउँदा आकाश त्रिपाठीले ८९ रन जोडेका थिए।

त्यस्तै ओपनिङ गर्न आएका दीपक बोहोराले २९ रन जोडे।

चौथो नम्बरमा ब्याटिङका लागि मैदानमा उत्रिएका देव खनाल भने शून्य रनमा आउट भए।

मिलन बोहोरा ९ र दीपेश कंडेलले १४ रन बनाए। विशालविक्रम केसी २४ रन बनाएर नटआउट रहे।

५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो।

अब नेपालले सेमिफाइनलमा समूह ‘डी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

 

Tags: