post-slider post-slider

कोसी प्रदेसका मुख्यमन्त्री सवार गाडीमा ढुङ्गा प्रहार

Image
A A

काठमाडौं- कोसी प्रदेसका मुख्यमन्त्री केदार कार्की कारमाथि ढुङ्गा प्रहार भएको छ।

झापाको दमकमा मुख्यमन्त्री कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको हो।

दमक नगरपालिकाले सुरू गर्न लागेको लागुऔषधसम्बन्धी अभियानको उदघाटनाका लागि मंगलबार दिउँसो दमक आउने क्रममा आफूलाई ‘पहिचानवादी’ बताउने समूहले कालोझन्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार कार रोक्ने प्रयास गरेका थिए।

प्रहरीको स्कर्टिङका बीच आइरहेको मुख्यमन्त्री कार्कीको सवारी कार्यक्रमस्थलमा मोड्ने क्रममा गति कम भएको मौका छोपेर एउटा समूहले मुख्यमन्त्रीको सवारीमाथि मुक्का तथा पञ्जाले हानेको थियो।

ढुङ्गा प्रहारबाट सवारी साधनमा सामान्य क्षति भए पनि मुख्यमन्त्री कार्की तथा गाडीमा सवार कसैलाई क्षति नपुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीले मुख्यमन्त्रीको गाडीमा आक्रमण गर्नेहरूको खोजी भइरहेको जनाएका छन्।

बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरे पनि अप्रत्याशित रूपमा केही व्यक्ति आएर मुख्यमन्त्रीको सवारी रोक्ने र ढुङ्गा हान्ने काम गरेको उनले बताए।

 

Tags: