post-slider post-slider

विष्णुपुर गाउँपालिकाका लेखापालसहित दुई कर्मचारी घुससहित पक्राउ

Image
A A

काठमाडौं- सप्तरी विष्णुपुर गाउँपालिकाका लेखापाल र एमआइएस अपरेटर घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरीबाट खटेको टोलीले लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर वीरेन्द्रकुमार यादवलाई घुससहित पक्राउ गरेको हो।

सेवाग्रहीबाट नगद दुई लाख र ३ तीन लाख रूपैयाँको चेक लिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्यितारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

लेखापाल टेकनारायणले सोलार बत्ती जडानलगायतका योजनाको भुक्तानीका लागि सेवाग्रहीसँग घुस माग गरेको उजुरीका आधारमा पक्राउ गरिएको दाहालले बताए।

टेकनारायण र वीरेन्द्रलाई राजविराज नगरपालिका–३ स्थित त्रिभुवन चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

 

Tags: