post-slider post-slider

चिनीको अभाव टार्ने प्रयास

Image
A A

काठमाडौं- तिहारको समयमा चिनी अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ।

विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मोज्दात रहेको यो परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो।

गुहेश्वरी ट्रेड लिङ्कमार्फत १६० बोरो चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ।

त्यस्तै काठमाडौंका भित्री सहरका पसलमा थप ६ सय बोरा चिनी पठाइने बताइएको छ।

संघले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो रू. ११७ मा बिक्री गर्नेछन्।

संघले उपलब्ध गराएको चिनी पाइने सूचना प्रत्येक पसलमा टाँस गर्न व्यवसायीलाई आग्रह गरिएको छ। काठमाडौं उपत्यकामा १ हजार ७ सय बढी खुद्रा व्यापारी संघमा आवद्ध छन्।

विस्तारै चिनीको अभाव हट्दै जाने वाणिज्य विभागले जनाएको छ। खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने विभागले जनाएको छ।

 

Tags: