post-slider post-slider

एसिया कप : करण केसीले लिए पाकिस्तानको पहिलो विकेट

Image
A A

काठमाडौं- पाकिस्तानको मुल्तानमा जारी एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ।

पाकिस्तानविरूद्ध पहिले बलिङ गरिरहेको नेपालले पहिलो विकेट लिएर सफलता हासिल गरेको हो।

नेपालको तर्फबाट बलिङ गर्दै करण केसीले पाँचौं ओभरमा विकेट लिएका हुन्।

उनले पाकिस्तानका ओपनर ब्याट्सम्यान फकर जमानलाई विकेट किपर आसिफ शेखबाट क्याच गर्न लगाएर आउट गरेका छन्।

फकर १४ रनको व्यक्तिगत स्कोरमा आउट भएका हुन्।

योसँगै केसी एसिया कपमा नेपालको तर्फबाट पहिलो विकेट लिने खेलाडी बनेका छन्।

एसिया कपको उद्घाटन खेलमा टिम नेपालले एकदिवसीय क्रिकेटको वरियतामा पहिलो स्थानमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

एकदिवसीय वरीयताको १५ औं स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरूद्ध खेल्दैछ।

 

Tags: