post-slider post-slider

३५ वर्षीया महिलाको अढाई किलो ट्युमरको शल्यक्रिया

Image
A A

जनकपुरधाम- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालले ३५ वर्षीय रामतोला देवीको मिर्गौलामा रहेको करिब २ किलो ६ सय ग्रामको ट्युमरको सफल शल्यक्रिया गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका बसहियाका ३५ वर्षीय रामतोला देवीको मिर्गौलामा रहेको करिब २ किलो ६ सय ग्राम लेफ्ट एडरनल ट्युमरको आज सफल शल्यक्रिया गरिएको हो। 

उक्त ट्युमरको शल्यक्रिया युरोलोजीस्ट डा सुधिर सिंहको नेतृत्वको टोलीले गरेको हो।  ‘बिरामीको ट्युमर किडनीसंगै टाँसिएको थियो, तर हामीले किड्नीलाई बचाउँदै ट्युमरलाई निकाल्न सफल भएका छौ’, उनले भने। 

स्वास्थ्यको हिसाबले पछाडी रहेको मधेशमा  जटिल शल्यक्रिया सफलतापूर्वक गरिएकोमा रजिष्ट्रार डा.विनोद यादवले खुशी व्यक्त गरे।  

Tags: