post-slider post-slider

प्रत्यक्ष प्रसारण चलिरहेका बेला स्टुडियोमा बन्दुकधारी प्रवेश गरेपछि...

Image
A A

काठमाडौं- दक्षिण अमेरिकाको पश्चिमोत्तर देश इक्वेडरमा विचित्रखाले एक घटना भएको छ।

एक टेलिभिजनको प्रत्याक्ष प्रसारण भइरहेको बेला केही नकाबधारीहरु स्टुडियोभित्र प्रवेश गरेर त्यहाँ उपस्थित कर्मचारीहरुलाई धम्की दिए।

गुआयाक्विल सहरस्थित टिसी च्यानलको प्रत्यक्ष प्रसारणका क्रममा बन्दुकधारीहरु स्टुडियोभित्र प्रवेश गरेर कर्मचारीहरुलाई भुइँमा पल्टिन बाध्य बनाए।

त्यसपछि आक्रमणकारीहरुलाई बन्दुकका साथ बाहिर निस्किँदै गरेको देखियो। प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ।

इक्वेडरका कुख्यात गैंगस्टर र चोनेरोस गिरोहका प्रमुख एडोल्फो मैकियास विलामार जेलबाट गायब भएपछि सोमबारदेखि पूरा देशमा ६० दिनका लागि इमरजेन्सी लगाइएको छ।

यद्यपि टिवि च्यानलमा भएको यो घटनापछाडि यो गैंगस्टरकै हात रहेको भन्ने प्रष्ट भइसकेको छैन।

टिभी स्टुडियोमा मंगलबार भएको आक्रमणका क्रममा एक बन्दुकधारीले एक कर्मचारीको टाउकोमा बन्दुक तानेर धम्की दिएका थिए।

च्यानलक एक कर्मचारीले उनीहरु आफूहरुलाई मार्न आएको प्रतिक्रिया दिएका छन्।

यो घटनापछि इक्वेडरका राष्ट्रपति डैनियल नोबोआले देशमा आन्तरिक सशस्त्र संघर्ष चलिरहेको बताएका छन्।

कैयौं देशहरुमा चलिरहेको संगठित अपराध, आतंकवादी संगठन र युद्धरत गैरसरकारी तत्वलाई प्रभावहीन बनाउन सैन्य अभियान चलाइने उनले उल्लेख गरेका छन्।

 

Tags: