post-slider post-slider

एडिबीसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता

Image
A A

काठमाडौं- सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १३ अर्ब ३३ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतापूर्ण ऋण सम्झौता भएको छ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र एडिबी नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपालले बजेटरी सहायताका लागि यो सहुलियतपूर्ण ऋण लिएको हो।

सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको पहिलो चरण कार्यान्वयन भइसकेको छ।

यो ऋण रकम दोस्रो चरणअन्तर्गतका कार्यक्रमका लागि लिइएको अर्थमन्त्रालयले जनाएको छ।

तीनवटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्त पु¥याउने ठानिएको छ।

त्यस्तै केन्द्र सरकारको सार्वजनिक ऋण व्यवस्थापनका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। 

 

Tags: