post-slider post-slider

प्रदेस बजेट अधिवेशनअघि विराटनगरमा प्रदर्शन, २५ जना पक्राउ

Image
A A

काठमाडौं- कोशी प्रदेसको बजेट अधिवेशन सुरू हुनुअघि पहिचानवादीहरू प्रदर्शनमा उत्रिएका छन्। प्रदेसको नामकरण कोसी गरिएको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

प्रदेससभा सचिवालयअगाडि प्रदर्शन गर्न खोज्ने २५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

कोसी प्रदेसको नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै प्रदेससभा अगाडि प्रदर्शन गरिरहेका बेला उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

प्रदेससभाको बजेट अधिवेशन आजबाट सुरू हुँदैछ। बजेट अधिवेशनलाई लक्षित गरेर आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले बिहानैदेखि प्रदेससभा भवनअगाडि प्रदर्शनको तयारी गरेको थियो।

पहिचान पक्षधरले आन्दोलनको घोषणा गरेपछि प्रहरीले प्रदेससभा भवन आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। त्यस्तै विराटनगर आउने सवारी साधनको चेकजाँचमा पनि प्रहरीले कडाइ गरेको छ।

कोसी प्रदेसको बजेट अधिवेशन दिउँसो २ बजेका लागि बोलाइएको छ। प्रदेससभाले गत फागुन १७ गते प्रदेसको नामकरण गरेपछि पहिलोपटक बैठक बस्न लागेको हो।

Tags: