post-slider post-slider

माइकल ज्याक्सनको ज्याकेट ४ करोड रूपैयाँमा बिक्री

Image
A A

काठमाडौं- सन् १९८० को दशकमा माइल ज्याक्सनले लगाएका कारण धेरैमाझ परिचित एउटा छालाको ज्याकेट तीन लाख अमेरिकी डलर अर्थात करिब चार करोड नेपाली रूपैयाँमा बिक्री भएको छ।

कालो र सेतो रंगको देखिने यो ज्याकेट हाल दिवंगत भइसकेका गायक पेप्सीको विज्ञापनमा देखिएका थिए।

उनको नधिनको कैयौं वर्षपछि लिलामीमा राखिएको यो ज्याकेट तीन करोडदेखि साढे ६ करोड नेपाली रूपैयाँ बराबरको रकममा बिक्री हुने ठानिएको थियो।

लडन्डनमा शुक्रबार लिलामीममा राखिएका दुई सयभन्दा बढी सांगीतिक क्षेत्रका यादगार बस्तुहरूमध्येममा यो ज्याकेट पनि थियो।

माइकल ज्याक्सनसहित गायक डेभिड बोवी, ओएसिस एनड द बिटल्सलगायतका सांगीतिक समूहसँग सम्बन्धित सामग्रीहरू पनि लिलामीमा राखिएको थियो।

ज्याक्सनले यो ज्याकेट लगाएर चिसो पेयका लागि आफू संलग्न पहिलो विज्ञापनमा सन् १९८४ मा देखिएका थिए।

यो विज्ञापनका लागि अभिनय गर्ने क्रममा उनको कपालमा साँच्चिकै आगो सल्किएका कारण त्यो धेरैको स्मरणमा छ।

उनले त्यसबेला लगाएको ज्याकेट भिन्न पनि देखिएको थियो।

माइकल ज्याक्सनले अमेरिकी गायक अरिथा फ्रांकलिनसँग पहिलोपटक सँगै गाएको गीतको भिडियोमा ला रोका ज्याकेट लगाएका थिए।

त्यो ज्याकेट डेढ करोड अमेरिकी डलरमा बिक्रिी भएको थियो।

महँगोमा बिक्री भएको अर्को बस्तु ब्रिटिस गायिका एमी वाइनहाउसले सन् २००७ मा आफ्नो अन्तिम म्युजिक भिडियोमा प्रयोग गरेको कृत्रिम कपाल हो।

त्यो कपाल ३० लाखभन्दा बढीमा बिक्री भएको थियो।

एलभीस प्रेस्ली, क्विन एन्ड जोनी मारसँग सम्बन्धित सामग्रीहरू पनि लिलामीमा राखिएका थिए।

माइकल ज्याक्सनसँग सम्बन्धित अन्य स्मरणीय सामग्रीहरू यसअघि पनि बिक्रीमा राखिएका थिए।

उनको चर्चित मुनवाक नृत्यमा पहिलोपटक सन् १९८३ मा लगाएको कालो ह्याट पनि १ करोड नेपाली रूपैयाँभन्दा बढीमा बिक्री भएको थियो।

 

Tags: