post-slider post-slider

निगमले पाँचवटा जहाज लिलामी गर्दै

Image
A A

काठमाडौं- नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ।

चीनबाट विसं. २०७१ सालमा आन्तरिक उडान प्रयोजनको लागि ल्यायएका दुईवटा एमए–६० र तीनवटा वाई–१२ ई जहाज लिलाम बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन्।

बिहीबार गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको र आगामी माघ २१ गतेसम्म म्याद रहेको उनले बताए।

उनका अनुसार लिलाम बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएका जहाज तीन वर्षदेखि त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड रहेका छन्।

 

Tags: