post-slider post-slider

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा तीनै शीर्ष नेताबीच भेटवार्ता भएको हो।

भेटघाटमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्।

शीर्ष नेताहरूबीच सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकका बारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनसम्बन्धी विधेयक संसदमा पेस भए पनि छलफल भएर पारित हुनसकेको छैन।

संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउनुपर्ने दबाबमा सरकार रहेको छ। सत्तारुढ दलहरूले द्वन्द्वकालका मुद्दा संक्रमणकालीन न्याय पद्धतिबाटै टुंगिने बताउँदै आएका छन्।

२०७१ माघमा बनेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग लगभग निष्क्रिय अवस्थामा छन्।

यी आयोगले स्थापना भएको ८ वर्षमा पीडितबाट उजुरी संकलनबाहेक अन्य उल्लेख्य काम गरेका छैनन्।

नेपालमा २०५२ देखि २०६२ सम्म चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई पनि संक्रमणकालीन न्यायको संयन्त्रमार्फत टुंग्याउने सहमति सरकार र तत्कालीन  विद्रोही दलबीच भएको थियो।

प्रमुख प्रतिपक्षी दल एमाले र मावनअधिकारसँग सम्बधित संघसंस्थाहरूले पीडित केन्द्रित कानुन बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

 

Tags: