post-slider post-slider

अन्डर–१९ विश्वकप : नेपाल र अफगानिस्तान भिड्दै, जित्नैपर्ने दबाबमा दुवै टिम

Image
A A

काठमाडौं- दक्षिण अफ्रिकामा जारी अन्डर–१९ विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

समूह चरणको अन्तिम खेलमा नेपाल र अफगानिस्तान एकअर्काविरूद्ध भिड्न लागेको हो।

प्रतियोगितामा टिकिरहन् आजको खेल जित्नैपर्ने दबाबमा दुवै टिम रहेको छ। 

यो खेलमा जित हासिल गर्ने टिम सूमहका तर्फबाट सुपर सिक्सका लागि छनोट हुने भएकाले दुवै टिम ‘गर वा मर’ को स्थिति रहेका छन्।

समूहको शीर्ष तीन टिम प्रतियोगिताको सुपर सिक्सका लागि छनोट हुनेछन्।

नेपाल र अफगानिस्तान दुवै टिमले यसअघिका आफ्नो दुई खेल गुमाइसकेका छन्। त्यसैले आजको खेलमा जित हासिल गर्ने टिम अगाडिको यात्रा तय गर्ने पक्का छ।

नेपाल र अफगानिस्तानले यसअघि विश्वकपमा कहिल्यै प्रतिस्पर्धा गरेको छैन। विश्वकपको इतिहासमा शुक्रबार पहिलोपटक यी दुई टिम आमने–सामने हुनेछन्।

 

Tags: