post-slider post-slider

एसियाड : बंगलादेशलाई हराएर भारत फाइनलमा

Image
A A

काठमाडौं- एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ भारत फाइनलमा प्रवेश गरेको छ।

शुक्रबार बंगलादेशलाई ९ विकेटले पराजित गरेर भारत फाइनलमा प्रवेश गरेको हो।

बंगलादेशले प्रस्तुत गरेको ९७ रनको झिनो लक्ष्य भारतले ९.२ ओभरमा मात्र एक विकेट गुमाएर प्राप्त ग¥यो।

चीनको हाङझोउ मैदानमा खेलिएको खेलमा भारतको सुरूवात राम्रो भएन। भारतका ओपनर यशस्वी जयसवाल खेलको पहिलो ओभरको चौथों बलमा शून्यमा आउट भए।

तर, कप्तानसमेत रहेका अर्का ओपनर ऋतुराज गयकवाड र तेस्रो नम्बरमा ब्याटिङका लागि आएका तिलक वर्माले टिमलाई जितको लक्ष्यसम्म पु¥याए।

गयकवाडल २६ बल खेलेर ४० रन बनाए भने वर्माले समान बलमा ५५ रन जोडे। इनिङको ६४ बल बाँकी छँदै भारतले जित हासिल ग¥यो।

बंगलादेशलाई पराजित गरेसँग भारत पुरुषतर्फका क्रिकेट प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ।

यसअघि टस जितेर भारतले बंगलादेशलाई ब्याटिङका लागि निम्तो दिएको थियो। तर, भारतीय बलरसामु बंगलादेशका ब्याटरहरू धारासायी भए। बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ९६ रन जोड्नसक्यो।

बंगलादेशका तर्फबाट जाकिर अलीले सर्वाधिक २४ रन बनाए।

भारतकातर्फबाट बलिङ गर्दै साइ किशोरले सर्वाधिक ३ विकेट लिँदा वाशिङटन सुन्दरले २ तथा अर्शदीप सिंह, तिलक वर्मा, रवि विस्नोइ र सहबाज अहमदले १–१ विकेट लिए।

प्रतियोगिताको दोस्रो सेमिफाइनल आजै पाकिस्तान र अफगानिस्तानबीच हुँदैछ। दोस्रो सेमिफाइनलको विजेता टिम फाइनल खेलमा भारतसँग भिड्नेछ।

 

Tags: