post-slider post-slider

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

Image
A A

काठमाडौं- भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्यको नयाँ सूची पठाएको छ।

आइओसीले शनिबार राति नयाँ मूल्यसूची पठाएको हो।

नेपाल आयल निगमले जनाएअनुसार भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ।

आइओसीले पठाएको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रूपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ।

अब यही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ।

आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रूपैयाँ नाफामा पुगेको छ।

आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समितिको बैठब बसेर नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ।

पछिल्लोपटक निगमले गत असार १८ मा इन्धनको मूल्य समायोजन गरेको थियो।

जसअनुसार पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर १६७.५० पैसा, डिजेल र मट्टितेलको १४७.५० पैसा तोकिएको छ।

त्यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ १३६ रूपैयाँ प्रतिलिटर छ भने बाह्यतर्फ १०५० अमेरिकी डलर तोकिएको छ।

 

Tags: