post-slider post-slider

इलाम-२ मा कांग्रेसबाट डम्बर खड्काले गरे उम्मेदवारी दर्ता

Image

इलाम-२ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।

इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार खड्काको उम्मेदवारी दर्ता भएको हो। यसअघि नेकपा एमालेका सुहाङ नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन्।

खड्का सभापति शेरबहादुर देउवा खेमाका हुन्। उनी यसअघि पनि सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोमा पराजित भएका थिए।

कांग्रेस संस्थापनइतर समूहले यसपालि त्यहाँ भेषराज आचार्यलाई उम्मेदवार बनाउन चाहेको थियो। तर, अन्तिममा खड्काको पक्षमा सहमति जुटेको हो। 

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्दैछन्। 

अहिलेसम्म इलाम-२ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जितबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन्।

Tags: