post-slider post-slider

दक्षिण कोरियाले माओवादी नेता ‘दीपशिखा’ लाई किन फर्किन दिएन नेपाल?

Image
A A

काठमाडौं- दक्षिण कोरियाले माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई नेपाल फर्कन रोक लगाएको छ।

कोरियाको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले सिफारिसविना औषधि लगिएको पाएपछि भन्सार कार्यालयले उनलाई अनुसन्धानका लागि भन्दै नेपाल फर्कन रोक लगाएको हो।

माओवादी नेता दीपशिखा अगस्त १० मा कोरियाको नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन दक्षिण कोरिया गएका थिए।

त्यसक्रममा उनले दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलले एक वर्षदेखि सेवन गर्दै आइरहेका औषधि लिएर गएका थिए।

डाक्टरको प्रिस्किप्सविनै औषधि लगेको भन्दै विमानस्थलको भन्सार कार्यालयले दीपशिखालाई नेपाल फर्कन रोक लगाएको हो।

‘भन्सारको भेरिफिकेसन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो। नजरबन्द, गिरफ्तारी केही पनि होइन। नियतवस कुनै कमजोरी नगरेका कारण चाँडै नेपाल फर्कनेमा विश्वस्त छु,’ उनले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्।

औषधि ल्याउनुको कारण बताउँदै दीपशिखाले चिकित्सकको सिफारिस ल्याउन भुलेको बताएपछि भन्सारले उनलाई छाडेको थिए।

दीपशिखाका अनुसार भन्सारले मागेको आवश्यक कागजात राजदूतावासले बुझाइसकेको उनले बताएका छन्।

‘...राजदूत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिहनुभएको औषधि मगाउनु भएकोले लिएर आएको थिएँ। अन्जानवस डाक्टरको प्रिस्किप्सन म सँग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किपसनसहित अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदूतावासले बुझाइसकेको छ,’ उनले भनेका छन्।

कोरियास्थित नेपाली दूतावासले पनि भन्सार अधिकारीहरूको मागबमोजिम कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण समस्या समाधान हुने अन्तिम क्रममा रहेको बताएको छ।

राजदूत प्याकुरेलको अनुरोधबमोजिम दीपशिखाले औषधि ल्याएको भए पनि डाक्टरको प्रिस्पिकसन ल्याउन छुटेको दूतावासले प्रष्टिकरण दिएको छ।

 

Tags: