post-slider post-slider

दसैंको मुखमा डेंगीको त्रास, ३८ हजार बढी संक्रमित

Image
A A

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीबाट संक्रमित हुनेको संख्या ३८ हजार बढी पुगेको जनाएको छ।

२०२३ सेप्टेम्बरसम्म डेंगीबाट संक्रमित हुनेको संख्या ३८ हजार ६९ पुगेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयले जनाएअनुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगीबाट संक्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन्।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग बर्खा सकिएपछिको अवधिमा थप फैलिनसक्ने भएकाले सावधानी अपनाउन स्वास्थ्यविदहरूले सुझाव दिएका छन्।

डेंगी प्रकोप नियन्त्रण तथा रोकथाममा स्थानीय सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै विज्ञहरूले असन्तुष्टिसमेत व्यक्त गरेका छन्।

यो वर्ष काठमाडौं उपत्यकाका तीनसहित ७६ जिल्लामा ड्ंगीका बिरामी रहेको इपिडिमियोलोजी तथा रोग नियत्रण महाशाखाले जनाएको छ।

यो वर्ष अहिलेसम्म हुम्ला जिल्लामा डेंगी फेला नपरेको अधिकारीहरूले बताएका छन्।

दार्चुला, दाङ, अछाम, डोटी, सुर्खेत, बझाङ, डडेलधुरा, रसुवा, मुगुु, जुम्ला, कालीकोट र हुम्लामाबाहेक अरू जिल्लामा एकदेखि हजारौंको संख्यामा डेंगीको बिरामी रहेको स्वास्थ्य मन्त्रालयले संकलन गरेको तथ्यांकले देखाउँछ।

महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले डेंगुको संक्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।

हालसम्म कूल संक्रमित संख्यामा प्रदेसअनुसार सबैभन्दा धेरै कोसी प्रदेसमा २३ हजार ९०५ जना (६२.८ प्रतिशत) संक्रमित भएका छन सबैभन्दा कम संक्रमित प्रदेस कर्णाली १२८ जना (०.३ प्रतिशत) छन्।

त्यस्तै मधेस प्रदेसमा ५९० जना (१.६ प्रतिशत), बागमती प्रदेसमा ४ हजार ८८३ जना (१२.८ प्रतिशत), गण्डकी प्रदेसमा ६ हजार ८१८ जना ( १७.९ प्रतिशत), लुम्बिनी प्रदेसमा ६५५ जना (१.७ प्रतिशत) र सुदूरपश्चिम प्रदेसमा १ हजार ८० जना (२.८ प्रतिशत) संक्रमण देखिएको छ।

जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना (४२.३ प्रतिशत) संक्रमित भएका छन्।

तनहुँमा ४ हजार ६ ५१ जना (१२.२ प्रतिशत), झापामा ३ हजार ५८१ जना (९.४ प्रतिशत), धादिङमा ३ हजार १३० जना (८.२ प्रतिशत), मोरङमा २ हजार २७४ जना (६ प्रतिशत), कास्कीमा १ हजार ४८१ जना (३.९ प्रतिशत) र काठमाडौंमा ८०२ जना (२.१ प्रतिशत) संक्रमित भएका छन् भने अन्य जिल्लामा ६ हजार ४४ जना (१५.९ प्रतिशत) डेंगीबाट संक्रमित भएका छन्।

गत अगस्तमा मात्र संक्रमितको संख्या १३ हजार ८४६ पुगेको थियो। सेप्टेम्बरमा ११ हजार ५८० जना र अक्टोबरमा ११ सम्म ४ हजार ७९० जना संक्रमित भएका छन्।

गत वर्ष अक्टोबर महिनामा १७ हजार ८८९ मा डेंगु संक्रमण देखिएको थियो।

डेंगी रोग डेंगी भासरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्छ। 

महाशाखाले एडिज जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कनाले लामखुट्टेले फुल पार्नसक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडो खोजी सफा गर्न र लामखुट्टेको फुल नष्ट पार्न आग्रह गरेको छ। 

 

Tags: