post-slider post-slider

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर छुटेकाहरू सम्पत्ति शुद्धीकरण र अख्तियारको फन्दामा

Image
A A

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर थुनामुक्त भएका चार जनालाई सम्पत्ति शुद्धीकरण विभाग पठाइएको छ।

उच्च अदालत पाटनको आदेशअनुसार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर थुनामुक्त भएका उनीहरूलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोग पठाइएको हो।

अदालतले तोकेको धरौटी बुझाएर गत्कालीन गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शम्शेर मियाँ र हरिभक्त महर्जन धरौटी बुझाएर तथा आशिष बुढाथोकी साधारण तारेखमा छुटेका थिए।

केसी, मियाँ, महर्जन र बुढाथोकीलाई सम्पत्ति शुद्धीकरण विभाग पठाइएको हो।

उनीहरूलाई थुनामा राखिएको जगन्नाथ देवल कारागार प्रशासक ललित बस्नेतका अनुसार सोमबार सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको छ।

अदालतको आदेशअनुसार आफूहरूले छोडिसके पनि प्रहरीले पत्र पठाएकोले चारै जनालाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोग पठाइएको उनले बताएका छन्।

 

Tags: