post-slider post-slider

महरालाई चार दिन थुनामा राख्न अदालतको अनुमति

Image
A A

काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खनालको इजालसले महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुमति दिएको हो।

पक्राउ गरेपछि सिआइबीले महरालाई सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। सरकारी वलिकको कार्यालयले सात दिन म्यादको अनुमति माग गरे पनि अदालतले चार दिनको म्याद दिएको हो।

प्रहरीले महरालाई सोमबार बिहान कपिलवस्तुबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएको थियो। 

सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख समेत रहेका महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो।

उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन्।

राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन्। 

Tags: