post-slider post-slider

महराबारे सिआइबीले भन्नुपर्छ : गगन थापा

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे सिआइबीले प्रस्ट पार्नुपर्ने बताएका छन्।

माओवादी पदाधिकारी बैठकले महरालाई सुन तस्करी प्रकरणबारे प्रष्ट पार्न भनेको प्रति आपत्ति जनाउँदै थापाले यस्तो बताएका हुन्।

सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै महामन्त्री थापाले सुन तस्करीबारे माओवादीले नभएर सिआइबीले भन्नुपर्ने उल्लेख गरे।

‘माओवादीको पदाधिकारी बैठकले कृष्णबहादुर महरालाई प्रस्ट पार्न भनेछ,’ उनले भने,‘यो कुरा पार्टीको बैठकले भन्ने होइन। सिआइबीले छानबिन गरेर के हो भन्नुपर्छ।’

थापाले सुन तस्करी प्रकरणमा सरकारको निकायले छानबिन गर्नुपर्ने जिकिर गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेपमा राखेर ९ किलो सुन तस्करी भएको प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उनका छोराहरूको नाम मुछिएको छ।

सुन तस्करीमा संलग्न भनिएका चिनियाँ व्यापारीसँग महरा बाबु–छोराको पटक–पटक टेलिफोन सम्पर्क भएको सिआइबी अनुसन्धानबाट खुलेको छ।

तस्करीका संदिग्ध व्यक्तिसँग पटक–पटक टेलिफोन सम्पर्क हुँदा पनि महरा बाबु–छोरालाई छानबिनको दायरमा नल्याइएको भन्दै सरकार र सिआइबीको आलोचना भइरहेको छ।

 

Tags: