post-slider post-slider

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल बलात्कार आरोपमा पक्राउ

Image
A A

काठमाडौं- जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्।

पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका हुन्।

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले निर्देशक पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेको जानकारी दिए।

जबरजस्ती करणीको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो।

बलात्कारको आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजनाको कार्यालयबाट सम्पर्कविहीन भएका थिए।

त्रिपुरेश्वरस्थित एक अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ।

किशोरीले आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेकी थिइन्।

 

Tags: